कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन « Khabarhub

कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् ।

नेपालमा पहिलोपटक हिजो सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरेका छन् ।

मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : २३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल