सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट | Khabarhub Khabarhub

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख घिमिरेले नेपाल र आयरल्याण्डबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । युरोपेली सङ्घको एक महत्वपूर्ण सदस्यको हैसियतमा आयरल्याण्डले युरोपेली सङ्घमार्फत नेपालको विकास प्रयासलाई थप सहयोगको अपेक्षा रहेकोसमेत सभामुख घिमिरेले उल्लेख गरेका थिए ।

सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण एवं सौहाद्र्धपूर्ण सम्बन्ध रहिआएको भन्दै सभामुख घिमिरेले संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धता भएको बताए । सभामुख घिमिरेले भने, “आयरल्यान्डको संसद्मा आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठन भएकोमा हामीलाई खुसी लागेको छ । हालै नेपालमा पनि नेपाल–आयरल्याण्ड संसदीयमैत्री समूह गठन भएको छ ।”

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन नेपालको संसद् र सांसदको महत्वपूर्ण भूमिका रहने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै सभामुख घिमिरेले थपे, “संसदीय प्रतिनिधिमण्डलको आदान-प्रदानबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने र यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने कुरामा म विश्वस्त छु ।”

सभामुख घिमिरेको गत वर्षको आयरल्याण्ड भ्रमणमा दुई देशबीच संसदीय आदानप्रदान घनिभूत बनाउने एवं संसदीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । आयरल्याण्डका राष्ट्रपति तथा मन्त्रीलगायतका विशिष्ट व्यक्तित्वसँगको भेटका अवसरमा नेपाल–आयरल्याण्ड सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । ती छलफलका निष्कर्षलाई मूर्तरूप दिनेतर्फ प्रयासहरू अघि बढ्नुपर्ने सभामुख घिमिरेको धारणा रहेको छ ।

सभामुख देवराज घिमिरेसँगको भेटमा आयरल्याण्डका माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरले नेपालले शान्ति क्षेत्रमा गरेको प्रयास विश्वमा उदाहरणीय भएको बताएका थिए ।

अध्यक्ष बट्टिमरले सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदानप्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिले काम गरिरहेको जानकारी गराए । साथै दुवै मुलुकमा संसदीयमैत्री समूह निर्माण भएको हुँदा तिनले संसदीय आदानप्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको उनको भनाइ थियो ।

अध्यक्ष बट्टिमरले नेपालले मानवअधिकार र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय भएको समेत बताए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ५७ बजे

कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

काठमाडौं – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा

युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?

इजरायल – हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार

नयाँदिल्ली – भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट

भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित

काठमाडौं – उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको

आईपीलको दोस्रो क्वालिफायरमा बुमराह हेर्न लायक खेलाडी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर आइतबार हुँदै