चितवनमा आजदेखि राष्ट्रिय चिया प्रर्दशनी « Khabarhub

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रर्दशनी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम हुने भएको छ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते नारायणी नदी किनार हुने आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने छ । स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ, भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गर्नेछन् ।

नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा चियाका मुख्य जिल्लाहरू झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिम सम्म उत्पादित चियाको प्रदर्शन हुनेछ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजी क्षेत्रमा आबद्ध चिया व्यवसायीहरूबाट उत्पादित चियाका ब्रान्डहरूको मुख्य रूपमा सहभागिता रहने सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने छ।

नेपालमा संस्थागत रूपमा आबद्ध रही उत्पादित विभिन्न चियाका ब्रान्डहरू सहित ३२ वटा स्टलहरू रहने छन्। अवलोकन कर्ताहरूले प्रत्यक्ष रूपमा निःशुल्क रूपमा स्वदेशमा उत्पादित विभिन्न थरीका चियाको स्वाद लिएर जानकारी हासिल गर्न सक्ने छन् भने चियाबाट स्वास्थ्यमा हुने फाइदाहरूको विषयमा पनि यथेष्ट जानकारी हासिल गर्न सक्ने छन् साथै चितवनवासीहरू लगायत यहाँ सञ्चालित होटेल व्यवसायीहरूले विभिन्न थरीका चिया पकाउने सही तरिका तथा पिउने सही तरिकाका विषयमा चिया टेस्टरहरुबाट पनि छुट्टै जानकारी प्राप्त गर्नेछन्।

त्यस्तै होटेल व्यवसायीहरुले आफुले खरिद गर्न चाहेको चियाको लागि बिक्रेताहरूसँग व्यावसायिक खरिद सम्झौता समेत गर्न सक्नेछन्। हाल नेपालमा वार्षिक रूपमा ३०० ग्राम प्रतिव्यक्ति चियाको खपत भइरहेको छ तर यो तथ्याङ्क अन्य राष्ट्रहरूको तुलनामा निकै कम रहेको छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ३६ बजे

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक