बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा « Khabarhub

बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिए ।

मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ। संघ र स्थानीय तहले पनि यसअघि भूमि बैंकको योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेका थिएनन्।

भूमि बैंकले औद्योगिक वातावरण निर्माण, लागत न्यूनीकरण र उद्योग स्थापनाका लागि जग्गा प्रदान गर्नेछ। साथै, अलपत्र परेका सरकारी तथा निजी जग्गाको प्रयोग गरी उत्पादन र सरकारी राजस्वमा वृद्धि हुने मन्त्री चित्रकारले बताए ।  उनले भने, ‘प्रदेश सरकारसँग रहेको सीमित स्रोत साधनको प्रयोग गरी सेवा प्रवाह, उत्पादन वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्ने प्रयास भइरहेको छ।’

साथै उनले प्राकृतिक स्रोतको प्रयोग गरेर मात्र मुलुक समृद्ध हुन सक्ने भन्दै त्यसतर्फ प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए । प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ।

उनले सरकारी बजेट पूर्वाधारतर्फ केन्द्रित भएकाले बागमती प्रदेशको औद्योगिक विकास कमजोर रहेको स्वीकार गर्नुभयो। रोजगारी सृजना नगरी दिगो विकास सम्भव नभएकाले उद्यमशीलतामा जोड दिइनुपर्नेमा मन्त्री चित्रकारको जोड छ।

बकैया गाउँपालिका उद्यमशीलतातर्फ अगाडि रहेकाले आफू उत्साहित भएको उनको भनाइ छ। थोरै पालिकाले मात्र उद्यमशीलताका काममा अघि बढेका कारण प्रदेश सरकार उद्यमशीलताका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री चित्रकारले बताए । उद्योग, वाणिज्य, भूमिसम्बन्धी नीति नभएका कारण विभिन्न समस्या देखिएकाले आवश्यक नीति निर्माण गरिरहेको उनले बताए  ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : १७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार