बागमतीमा धान उत्पादनमा गिरावट « Khabarhub

बागमतीमा धान उत्पादनमा गिरावट


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो। 

यस वर्ष प्रदेशभरि १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन मात्र उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने १ लाख १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष प्रदेशभरिको धान उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ।

धान उत्पादनमा सबैभन्दा धेरै ह्रास चितवन र मकवानपुर जिल्लामा आएको छ। बागमती प्रदेशको कुल धान उत्पादनमा चितवनको २५ प्रतिशत र मकवानपुरको १५ प्रतिशत योगदान रहेकाले यी दुई जिल्लामा उत्पादन घट्दा समग्र प्रदेशमा प्रभाव परेको हो। चितवनमा यस वर्ष गत वर्षको तुलनामा १९.३४ प्रतिशतले र मकवानपुरमा १२.३७ प्रतिशतले धान उत्पादनमा कमी आएको छ। धान उत्पादनमा गिरावटका लागि निर्देशनालयले धानबालीमा लाग्ने विभिन्न रोगहरू र अनुकूल वातावरण नहुनुलाई जिम्मेवार ठहर्‍याएको छ।

विशेषगरी कालोपोके रोग र धान पसाउने समयमा धेरै वर्षा हुँदा पनि उत्पादनमा असर परेको छ। यद्यपि, बागमती प्रदेशकै केही जिल्लामा भने यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा सामान्य वृद्धि भएको छ। सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशतले बढी धान उत्पादन भएको तथ्याङ्कले देखाउँछ। तर, प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : ३६ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल