फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने  | Khabarhub Khabarhub

फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने 


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ । 

महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो । 

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकाय हुने प्रावधान रहेको कुरा महानगरपालिकाले स्मरण गराएको छ । 

ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको रहेको कुरामा पनि महानगरले सचेत गराएको छ । सूचना विपरीत फोहोर व्यवस्थापन नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी महानगरको वातावरण विभागले दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : ४९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय