रौतहट- नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको हो ।
नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आँकलन गरिएको छ। नेकपा एमाले रौतहटको अध्यक्षको आकाङ्क्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिलानन्द शाहले शाह रहेका छन् ।
आज दिनभर सर्वसम्मत नेतृत्वको चयन गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा भोलि बिहानबाट रौतहटको गरुडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयनको प्रयास गरिने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् ।
प्रतिक्रिया