अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा  « Khabarhub

अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा 


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिनेछ । विभागले केही समय परीक्षण गरेर आजदेखि यसको लागू गरेको हो ।

उसबाट नेपालमा धेरै पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान सकिने अध्यागमनको विश्वास छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्ने छैन ।

ई-भिसाको शुभारम्भ गर्दै गृहमन्त्री श्रेष्ठले अब भिसाको लागि आम नागरिकले दुःख नपाउने बताए । मन्त्रालयले अब सबै कार्य अनलाइन प्रक्रियामार्फत गर्दै जाने र कर्मचारीलाई पनि परिष्कृत गर्दै लैजाने मन्त्री श्रेष्ठको भनाई थियो ।

अब पेमेन्टलाई ग्लोबल्ली पेमेन्ट गर्न सक्ने गरी मोडुलर अवधारणाबाट अपडेट गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : २३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन