नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल « Khabarhub

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली र नेपालको यू–२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगीतालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रोे भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरुले जनाएका छन् ।

खेलको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालमा आयोजित प्रिम्याच कन्फ्रेन्समा यू–२३ फुटबल टिमका कप्तान मनिष डाँगीले खेलका लागि राम्रो तयारी भएको नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे । सवै खेलाडीहरुको ध्यान शनिबारको खेलमा रहेको उनले बताए ।

त्यस्तै मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले खेलाडीहरुले प्रशिक्षणका क्रममा राम्रो गरेकाले नतिजा पनि राम्रो आउने बताए । उनले नेपाली फुटवलको भविष्यका लागि पनि खेल महत्वपूर्ण हुने जनाए ।

त्यस्तै चिनियाँ युवा टोलीका प्रशिक्षक तथा खेलाडीले मैत्रीपूर्ण खेललाई निकै उत्साहका रुपमा लिएको र नतिजा राम्रो आउने बताएका थिए । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ । मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने नेपाली राष्ट्रिय युवा फुटबल टिमको घोषणा भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : २४ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री