नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल | Khabarhub Khabarhub

नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली र नेपालको यू–२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगीतालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रोे भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरुले जनाएका छन् ।

खेलको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालमा आयोजित प्रिम्याच कन्फ्रेन्समा यू–२३ फुटबल टिमका कप्तान मनिष डाँगीले खेलका लागि राम्रो तयारी भएको नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे । सवै खेलाडीहरुको ध्यान शनिबारको खेलमा रहेको उनले बताए ।

त्यस्तै मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले खेलाडीहरुले प्रशिक्षणका क्रममा राम्रो गरेकाले नतिजा पनि राम्रो आउने बताए । उनले नेपाली फुटवलको भविष्यका लागि पनि खेल महत्वपूर्ण हुने जनाए ।

त्यस्तै चिनियाँ युवा टोलीका प्रशिक्षक तथा खेलाडीले मैत्रीपूर्ण खेललाई निकै उत्साहका रुपमा लिएको र नतिजा राम्रो आउने बताएका थिए । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ । मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने नेपाली राष्ट्रिय युवा फुटबल टिमको घोषणा भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : २४ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका