अमर नेम्बाङ स्मृति सम्मान विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई  | Khabarhub Khabarhub

अमर नेम्बाङ स्मृति सम्मान विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई 


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरेको छ ।

शुक्रबार पाँचथर सदरमुकाम फिदिममा उनीहरूलाई अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर सम्मान गरेको हो ।

पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् । उनीहरूलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो ।

पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे । अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति समेत वितरण गरिएको छ । ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाइ ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले  छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यसै गरी प्रतिष्ठानले पाँचथरका आगलागी र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ । आगलागीमा ज्यान गुमाएका हिलिहाङ-७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुनन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै गत असार २ गते गएको बाढी पहिरोमा ज्यान गुमाएका हिलिहाङ-७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी सँगै फालेलुङ-४ की जुना सावदेन, फिदिम-१० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो । अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो ।

स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल,मुनाराज सेर्मा,डाक्टर गोविन्दराज भट्टराई, बीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा,श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ४३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः