वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा « Khabarhub

वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा भएका छन् । यसअघि प्रहरीले उनलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

तर, आफू वास्तविक पीडक नभएको उनको भनाइ छ । गुरुङ राजधानीको न्यूरोडमा ‘कम्फर्ट जोन’ नामक पहिरन कम्पनीका सञ्चालक समेत हुन् ।

जुम्लाका कृष्णबहादुर बूढाले पीडितहरुलाई वैदेशिक रोजगारका लागि सर्बिया पुर्‍याइदिने भनी विश्वासमा लिएका थिए । बूढाले पीडितहरुलाई पैसा पठाइदिन भन्दै चन्द्र गुरुङको बैंक खाता दिएका थिए ।

सोही खातामा पीडितहरुले पैसा हालेको र प्रहरीले अनुसन्धान गर्दै जाँदा बैंक खाताका आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी भएको विषयमा आफू अनभिज्ञ रहेको गुरुङले जानकारी दिए । बूढा र आफ्ना मामा भारतमा सँगै रहेको र मामाको आग्रहमा आफूले बैंकिङ कारोबार गरेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ५८ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म