वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा | Khabarhub Khabarhub

वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा भएका छन् । यसअघि प्रहरीले उनलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

तर, आफू वास्तविक पीडक नभएको उनको भनाइ छ । गुरुङ राजधानीको न्यूरोडमा ‘कम्फर्ट जोन’ नामक पहिरन कम्पनीका सञ्चालक समेत हुन् ।

जुम्लाका कृष्णबहादुर बूढाले पीडितहरुलाई वैदेशिक रोजगारका लागि सर्बिया पुर्‍याइदिने भनी विश्वासमा लिएका थिए । बूढाले पीडितहरुलाई पैसा पठाइदिन भन्दै चन्द्र गुरुङको बैंक खाता दिएका थिए ।

सोही खातामा पीडितहरुले पैसा हालेको र प्रहरीले अनुसन्धान गर्दै जाँदा बैंक खाताका आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी भएको विषयमा आफू अनभिज्ञ रहेको गुरुङले जानकारी दिए । बूढा र आफ्ना मामा भारतमा सँगै रहेको र मामाको आग्रहमा आफूले बैंकिङ कारोबार गरेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ५८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग