सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत « Khabarhub

सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजाने बताएका छन् ।

मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउदै लैजाने बताए ।

उनले अहिले ९२ हजार स्वास्थ्यकर्मी आवश्यक भएपनि २८ हजार जनशक्ति मात्र रहेको बताए । ३२ हजारको जनशक्ति तत्काल परिपूर्ति गर्ने गरि प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले मन्त्रालयले एक सयदेखि तीन सय शय्यासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ सुरु गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै उनले आखा उपचारको सेवा विस्तार गर्नुपर्ने र ७७ जिल्लाबाट सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : १४ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित