‘पोइट आइडल’ विवादबारे केकी : आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेकी छु « Khabarhub

‘पोइट आइडल’ विवादबारे केकी : आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेकी छु


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘द पोइट आइडल’को निर्णायक छनोटको विषयमा उत्पन्न विवादका बारेमा नायिका केकी अधिकारीले मुख खोलेकी छन् । ‘केकी निर्णायकमा उपयुक्त छैनन्’ भनेर आएको प्रतिक्रियालाई सकारात्मकरुपले लिएको उनले प्रतिक्रिया दिएकी छन् ।

कार्यक्रमको औपचारिक घोषणा गर्न शुक्रबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा केकीले आफूमाथि आएका फरक विचारलाई सम्मानका साथ ग्रहण गरेको धारणा राखिन् ।

उनले स्पष्ट पार्दै भनिन्, ‘हामी सबैको आ–आफ्नो विचार हुन्छ र विचार राख्न पाउनुपर्छ भन्छौं । आफूमाथि फरक विचार राख्दा प्रतिकार गर्ने, यो विचार म लिन तयार छैन भन्ने चरित्र देखाउन लायक हुन्छ जस्तो मलाई लाग्दैन । सायद अभियनको प्रतियोगितामा अन्य क्षेत्रको व्यक्ति आएर निर्णायक बनेको अवस्थामा हाम्रो पनि असन्तुष्टि हुन सक्थ्यो ।’

यो शोलाई लिएर आफूमाथि भएका टिप्पणी कार्यक्रम उत्कृष्ट बनाउने उद्देश्यले नै आएको उनको बुझाइ छ ।

उनी थप्छिन्, ‘कविता वा साहित्य क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको व्यक्तिहरु नै निर्णायक भएको भए यो कार्यक्रम झन् राम्रो हुने थियो भन्ने उहाँहरुको धारणा हो । जुन राम्रो हो ।’

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : २७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको