वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड « Khabarhub

वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो : प्रचण्ड


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान परिस्थिति अहिले तरलका साथै जटिल र पेचिलो भएको बताएका हुन् । अहिलेको कार्यभार कानूनहरु बनाउने र मुख्यतः शान्ति प्रक्रियालाई टुंगोमा पुराउन अन्य दलहरुसँग छलफल भइरहेको प्रचण्डले बताएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा विधान मस्यौदाका बारेमा नेताहरुले धारणा राखेको र कमिटीलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको उनले बताए । त्यस्तै केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्तावमा छलफल भएको अन्तिम निष्कर्ष विधान सम्मेलनबाटै हुने सापकोटाले जानकारी दिए । त्यस्तै उनले राष्ट्रियसभा अध्यक्ष चयनको बिषयलाई लिएर गठबन्धनबीच कुनै समस्या नरहेको र पाँचै वर्ष चल्ने दावी गरे ।

प्रवक्ता सापकोटाले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जाने पार्टीको तयारी रहेको बताए । माओवादी स्थायी कमिटी शनिबार पनि बस्ने छ भने माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया