बनेपाका वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा | Khabarhub Khabarhub

बनेपाका वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

यही माघ ०३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ३६ बजे

मदिरा सेवनले वार्षिक २६ लाख मानिसको मृत्यु

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब ३०

कुलेखानीले नधान्दा आयातकै बिजुलीको भर !

काठमाडौं– कुलेखानी जलाशययुक्त आयोजनामा पानीको बहाव घट्न थालेको छ ।

महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध

वेदकोट– बोरामा माटो भरिएको छ । बास जोडेर जालीझै बनाइएको

आजका समाचार : बजेट पारित, कोशीमा हिक्मतको सरकार जोगियो, मामाले लुटे भान्जाको घर 

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’ प्रधानमन्त्री पुष्पकमल

अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ

रौतहट– रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदीबाट अवैध रुपमा उत्खनन