युक्रेनमा रूसलाई हराउन असम्भव : पुटिन « Khabarhub

युक्रेनमा रूसलाई हराउन असम्भव : पुटिन


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने कार्ल्सनले केही कूटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिएका थियो । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरेपनि रूस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उनले दाबी गरे । उनले भने, “अहिलेसम्म युद्धभूमिमा रूसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ ।”

ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रूसविरूद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उनले बताए । उनले भने, “युद्धको विषयमा हामी अमेरिकी नेतृत्वलाई के भनिरहेका छौं भने यदि वास्तवमै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ ।”

नाटो सदस्य राष्ट्र पोल्याण्ड र लाटभिया वा सामान्यतया युरोपेली महाद्वीपमा आक्रमण गने बारे मस्कोले विचार गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले भने, “यो प्रश्नको विषय होइन ।” “पोल्याण्ड, लाटभिया वा अन्य कुनै पनि ठाउँमा हाम्रो कुनै चासो छैन । हामी किन त्यसो गर्छौं ? यो त्रासमात्र हो,” पुटिनले भने । उनले पोल्याण्डसँग युद्ध ‘केवल पोल्याण्डले रूसमाथि आक्रमण गर्‍यो भनेमात्र हुनेछ ।”

सन् २०२० को राष्ट्रपतीय चुनावमा बाइडेनले ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको अमेरिकी चुनावपछि नेतृत्व परिवर्तनबारे सोधिएको प्रश्नमा पुटिनले आफूले थोरै परिवर्तन देख्ने सङ्केत गर्दै भने, “तपाईंले मलाई सोध्नुभयो कि अर्को नेता आएर केही परिवर्तन गर्नुहुन्छ ? यो नेताको कुरा होइन । यो कुनै व्यक्ति विशेषको व्यक्तित्वको बारेमा होइन ।”

क्रेमलिनको कोठामा मङ्गलबार रेकर्ड गरिएको र कार्ल्सनको आफ्नै वेबसाइटमा पोस्ट गरिएको अन्तर्वार्तामा कार्ल्सनले पुटिनलाई ट्रम्पसँगको सम्बन्धबारे खासै खोतलेका थिएनन् ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भएको पूर्वसन्ध्यामा फक्स न्युजका पूर्वप्रस्तोतासँगको दुई घण्टा लामो अन्तर्वार्तामा पुटिनले जेलमा रहेका वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचसँग ‘सम्झौता गर्न सकिने’ बताएका छन् ।

“विशेष सेवा च्यानलहरूमार्फत केही सर्तहरूमा छलफल भइरहेको छ,” उनले भने ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : १५ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश