प्रहरीद्वारा ६ महिनामा एक अर्ब १९ करोड बढी जरिवाना असुल « Khabarhub

प्रहरीद्वारा ६ महिनामा एक अर्ब १९ करोड बढी जरिवाना असुल


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोशी प्रदेशबाट आठ सय २५ जना, मधेश प्रदेशबाट एक हजार ७ सय ९७ जना, बागमती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ०३ बजे

अमिताभ बच्चन र छोरा अभिषेकलाई ज्यान मार्ने धम्की, बुलेटप्रुफ सुरक्षामाथि नै चुनौती

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक

भागवत महायज्ञले जीवन दर्शन सिकाउँछ : गगन थापा

काठमाडौं- हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

काठमाडौं– पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने

तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

राँझा– तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ ।

‘प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्तिले कूटनीतिक संवेदनशीलता देखिएनन्’

काठमाडौं– नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन