ल्होछार समग्र नेपालीको पर्व हो : मुख्यमन्त्री | Khabarhub Khabarhub

ल्होछार समग्र नेपालीको पर्व हो : मुख्यमन्त्री


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् ।

खार्पाचोक ‘बुद्धपार्क उद्घाटन तथा ल्होछार सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिले आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकमा आयोजना गरिएको मञ्जुश्री संबत २८६०औँ (डुक मु पुख्रि ल्हो) सोनाम ल्होछार २०८० कार्यक्रममा बोल्दै उनले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन्।

संविधानको पूर्ण कार्यान्वयनको निम्ति हिजोको जस्तो एकात्मक र एउटै जाती समुदायलाई संरक्षण गर्ने मुलुक नभएर सबैको साझा भएको बताए । राज्यको नजरमा सबै समान भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उनको भनाई छ ।

आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा जनसङ्ख्याको हिसाबमा बोलिने भाषामध्ये बहुसङ्ख्यक तामाङ र नेवार समुदायले बोल्ने भाषा परेको कारण भाषा आयोगले विसं २०७७ मा बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउन भनेर सिफारिस गरेको भए पनि त्यस वेला कार्यान्वयनमा ल्याउन नसेकको बताए ।

पछि सरकार फेरबदल भएसंगै आर्थिक मामिलामन्त्री भएको बेलामा संविधानको पूर्ण कार्यान्वयन गर्नका निम्ति तेस्रो पटकमा मात्रै सफल भएको बबताए ।

“पहिलो र दोस्रो पटक गरिएको प्रयासमा पनि सफल नभएको काम अहिले म मुख्यमन्त्री भएपछि विधेयक पास गरेका छौँ, अब त्यो कार्यान्वयको तयारीमा छ ।” उनले भने, “म मुख्यमन्त्री भएपछि पहिलो क्याविनेट बैठकबाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने भनेर गरेको निर्णयसँगै गठन गरेको समितिले यसलाई पूर्णता दिन सफल भएको छ ।”

ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धी भएकाले अब ल्होछारलाई सबैले मनाउनुपर्छ, यो ल्होछार मनाउनुमा गर्व गर्नुपर्ने उनले बताए । सो क्रममा उनले हिजोको भन्दा अहिले प्राप्त गरेको थप अधिकारले सुसज्जित भएको बताउँदै विकासको बारेमा नयाँ ढङ्गले सोचेर योजना भनाइरहेको बताए।

राज्य पुनःसंरचना भएर सङ्घीयता घोषणासँगै तीन तहको सरकार भएपछि विकासको सन्दर्भमा पनि त्यही ढंगले नीति बनाएर काम गरिरहेको बताएका छन् । सङ्घीय सरकारले ठूला राष्ट्रिय गौरवका आयोजनाको काम गर्ने, प्रदेश सरकारले ग्रामीण विकासका सडक, विद्यालय, खानेपानी, सिँचाइ, गुम्बा, पुल र पार्क जस्ता मझौला आयोजना गर्ने र स्थानीय सरकारले सेवामूलक काम शिक्षा, स्वास्थ्य, रोजगार तथा सेवामूलक काम गर्ने नीति रहेको उनले बताए ।

सङ्घीय सांसद सूर्यमान दोङले बहुसङ्ख्यक समुदाय तामाङ र नेवार समुदायको भाषालाई सरकारी कामकाजको भाषामा स्थापित गरेर मात्रै सङ्घीयता र पहिचानको संरक्षण हुनेछ । प्रदेश सरकारले गरेको निर्णयलाई जीवन्त कार्यान्वयन गर्नका लागि उनले आग्रह गरे । सो क्रममा उनले खार्पाचोकमा निर्माण गरेको बुद्ध प्रतिमा र उद्यानले धार्मिक पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले सबैले सबै समुदायका पर्वलाई मनाएर मात्रै मुलुकमा भएको संस्कार संस्कृतिको विकास र संरक्षण हुने बताए । अहिले गाउँगाउँमा सांस्कृतिक जागरण आईसकेको बताउँदै उनले अब हरेक व्यक्तिमा उठेको चेतनालाई समाजमा स्थापित गर्नुपर्ने दायित्वलाई भुल्न नहुने बताए ।

सो क्रममा उनले सडक पूर्वाधारमा फड्को मारिसकेको उल्लेख गर्दै आव २०८०÷८१ को बजेटबाट अब महाभारत लेकको पानीलाई ल्याएर सिंचाईको कामलाई अगाडी बढाईसकेकोले खार्पाचोक, रघुचौर, लेकपानी किर्दास लगायतका बासिन्दाले केही महिनापछि नै त्यसको उपभोग गर्न पाउने उनले बताए।

बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले सङ्घीयता आएको कारण सबैखाले विकासले अगाडि बढ्ने अवसर प्राप्त गरेको बताए । सङ्घीयता नभएको भए विकासको अनुभूति गर्न नपाउने अवस्था हुने बताउँदै उनले तीन वटा नै सरकार मिलेर विकासका कामलाई अगाडि बढाइरहेकाले त्यसलाई नजिकबाट नियाल्न उनले आग्रह गरे । सो क्रममा उनले निर्माणाधीन बुद्ध पार्कलाई सम्पन्न गर्न आवश्यक बजेट पुनःविनियोजन गर्न पहल गर्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले पालिकाभित्रका सुगमदेखि दुर्गमसम्मका घरघरमा सोनाम ल्होछार मनाउनुपर्छ भनेर अभियान सञ्चालन गरिरहेको बताए । रोशी सरकारले घरघरमा ल्होछार मनाउन तीन दिनसम्म सार्वजनकि विदा दिएको बताउँदै उनले सबै समुदायको संस्कार संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने काममा सहयोग गर्दै आएको बताए।

यसै आवभित्रमा मात्रै बागमती प्रदेश सरकारका तर्फबाट एक अर्ब ७५ करोडभन्दा बढी विनियोजन गरेर काम भइरहेको बताए । स्थानीय युवा सुजन तामाङले खोर्पाचोकका दशकौँदेखि नै निरन्रतर रुपमा समाजलाई जागरण पैदा गराउँदै आफ्नो संस्कार संस्कृतिको रक्षाका लागि जागरणको काम गर्दै आएको बताए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ५६ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने