नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय : राजदूत सुवेदी « Khabarhub

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय : राजदूत सुवेदी


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जापान– जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्‍याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् ।

दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले उल्लेख गरेका छन् ।

राजदूत डा. सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।

जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरु विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनको सिलसिलामा जापानमा बस्दै आएका छन् ।

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ ।

त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा. सुवेदीले बताए ।

‘जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ’, राजदूत सुवेदीले भने ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गरेका थिए ।

राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्वपूर्ण विषय हो ।

तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरु नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावारी फूल र हलुवावेद नेपाल ल्याएको बताइन्छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : ५८ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’