एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ « Khabarhub

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो । हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत आज नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म सरसफाइ गरिएको हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्नसके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए । उनले सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उल्लेख गरे ।

सो समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँच सय थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ भने प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : २४ बजे

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल