मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

जानकी – महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै वज्रदल गण विजयी भएको हो । 

वज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक गोल गरेका थिए भने सोही गणका निरज खातीले एक गोल गरेका थिए । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको सत्रौँ मिनेटमा एक गोल गरेका थिए । 

यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा वज्रदल गणले नै विजय हासिल गरेको छ । वज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मुख्यालय वागिश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै वज्रदल गणले जित हात पारेको हो । 

प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए । विभिन्न संस्थालाई सम्मान गरिएको थियो । 

मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, वज्रदल गणका गणपति प्रमुख सेनानी रवीन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित थिए। 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ५२ बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन