बीस लाखको लागतमा कार्यालय भवन निर्माण « Khabarhub

बीस लाखको लागतमा कार्यालय भवन निर्माण


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– पार्टी कार्यकर्ता तथा चिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरूसँग रकम संकलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले बताए। 

उक्त भवन कूल रु २० लाखको लागतमा निर्माण गरिएको उनले बताए। भवनको उद्घाटन नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले गरेका हुन्। 

सोही अवसरमा श्रेष्ठले कार्यकर्ताले चाहे भने सहयोग जुटाएर पनि विकास–निर्माणको काम गर्न सकिने बताए । भवन बनेपछि अब भवनबाटै पार्टीका गतिविधि सञ्चालन गर्न सहज मिल्ने उनले बताए।  

नेकपा (एमाले) मकवानपुरका अध्यक्ष बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, पार्टी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरू यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठकलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ४० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई