पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० को मृत्यु, १० बेपत्ता « Khabarhub

पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० को मृत्यु, १० बेपत्ता


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

जकार्ता– पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको शनिबार स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ । उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।

पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा  उद्धारकर्ताहरूले अझै पनि अन्य बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे।   बाढी र पहिरोबाट प्रभावितहरूलाई उद्धार गरिरहेका छन् ।

शनिबार बिहानसम्म भएको वर्षापछि भएको डुबानले बाटो पुरिएकोले विपत्का कारण  छुट्टिएका गाउँलेहरूलाई मद्दत गर्न डुङ्गाहरूको परिचालन गरी उद्धार शुरू भएको उनले बताए ।  

गुसरिजलका अनुसार ४५ हजार भन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । वर्षा कारण २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् ।

बिहीबारदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा धेरै गाउँहरूमा पुग्ने सडक अवरुद्ध भएको छ भने स्थानीयहरू विद्युतविहीन भएका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : ५७ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको