विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने « Khabarhub

विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । 

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रचण्डले ३० गते विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान ओलीसँग छलफल गरेर निर्णय लिने बताएका हुन् ।

प्रचण्डको पक्षमा हालसम्म एमालेको ७७ माओवादीको ३२, रास्वपाको २१ जसपाको १२, र नेकपा एकीकृत समाजवादीको १० मत गरि जम्मा १ सय ५२ मत छ ।

विपक्षमा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोसपा ४, नाउपा ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले पनि कसलाई साथ दिन्छन, त्यसको स्पष्ट चित्र आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

प्रचण्डले पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला दुईजनाले मात्र विपक्षमा मत हालेका थिए ।

यसो हुँदा पाँच दलीय गठबन्धनले मात्र प्रचण्डलाई विश्वासको मत दिए उनले लिएको तेस्रो पटकको विश्वासको मतमा आएको परिणाम सबैभन्दा कम हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ४३ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार