कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध | Khabarhub Khabarhub

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बलेवा– सुक्खा पहिरोका कारण आज दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । यसअघि यही फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । 

बागलुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला आज एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए। 

सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेला–बेलामा सुक्खा पहिरो जाने गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ५४ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’