पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे « Khabarhub

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् । त्यस्तै आव २०७७-७८ मा तीन हजार नौ सय छ, आव २०७८-७९ मा चार हजार छ सय ८६ र आव २०७९-८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । 

प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय तीन, पुरुषका छ हजार एक सय ७७ र अन्यमा पाँच सय तीन गरी जम्मा १२ हजार सात सय ८९ निवेदन प्रधान कार्यालयमा आएका छन् । 

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए। 

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : ४१ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र

मनसुनयता सरदरभन्दा कम वर्षा

काठमाडौं– यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा

चीनबाट जनै आयात भएको तथ्यांक भेटिएन

काठमाडौं– विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए