सेनालाई सबल बनाउँदै केन्या | Khabarhub Khabarhub

सेनालाई सबल बनाउँदै केन्या


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नैरोबी – केन्याका राष्ट्रपति विलियम रुटोले सरकारले देशको शान्ति र स्थायित्वको सुनिश्चितताका लागि केन्या डिफेन्स फोर्सलाई बलियो बनाइरहेको बताएका छन् ।

उनले विदेशमा शान्ति मिसनमा भाग लिएको सेना नमूना संस्था भएको बताउँदै जसले केन्याको शान्ति र स्थायित्वको ग्यारेन्टी गरेको उल्लेख गरेका छन् ।

‘तपाईंले हाम्रो राष्ट्रको लागि सुरक्षा र स्थायित्व प्रदान गर्नुहुन्छ, हामी केन्याका जनतालाई हाम्रा प्रतिबद्धताहरू पूरा गर्न सुनिश्चित कडा मेहनत गर्नेछौं,’ राजधानी नैरोबीमा आयोजित सेनाका नवनियुक्त उपाध्यक्षको शपथ ग्रहण समारोहमा उनले सो धारण राखेका हुन् ।

राष्ट्रको बल सेनामा निर्भर रहेको उल्लेख गर्दै राष्ट्रपतिले आफ्नो सरकारले खाद्य उत्पादन, रोजगारी सृजना, स्वास्थ्य सेवालाई सशक्त बनाउने जनादेश पूरा गर्नका लागि सबै सार्वजनिक संस्थाहरूलाई बलियो बनाइरहेको बताएका छन।

राष्ट्रपतिले देशको सुरक्षा र स्थिरता नभई अन्यकुनै पनि आकाङ्क्षाहरू प्राप्त गर्न धेरै गाह्रो हुने टिप्पणी गरे ।रुटोले जनजातिवाद र विभाजन रहित संयुक्त केन्यामा सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।

जातिवाद, जातियता र सीमान्तीकरणको अन्त्य गरी हाम्रो राष्ट्रलाई शान्तिपूर्ण, एकताबद्ध र प्रगतिशील राष्ट्रमा सुदृढ गर्ने मेरो चाहना भएको उनले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ०३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले