कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन : महामन्त्री शर्मा « Khabarhub

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन : महामन्त्री शर्मा


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको आज उद्घाटन गर्दै उनले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पारे ।

“कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु-याउनतर्फ लाग्दैनौँ”, उनले भने।

महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताए । “हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ”, उनले भने ।

उनले संसद्को चालु अधिवेशनमार्फत नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ५३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७