दोहामा नेपाल दिवस समारोह « Khabarhub

दोहामा नेपाल दिवस समारोह


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले सुरु गरेको दोहा एक्स्पो २०२३ को समापन हुने समयमा नेपाल दिवस सम्पन्न गरिएको हो ।

करिब पाँच सय अतिथिको उपस्थितिमा सम्पन्न एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत तथा एक्स्पोमा पेभिलियन सञ्चालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता थियो । समारोह उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरे ।

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने बताए । नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकीहरू प्रस्तुत गर्दै परेड गरिएको छ ।

सो समारोहबाट विश्वकै धनी मुलुक र रोजगारीलगायतको सम्भावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्ण कुमार सुवेदीले जानकारी दिए ।

कार्यक्रमबाट कतारलगायत मध्यपूर्वका मुलुकबाट नेपालमा लगानीको सम्भावना बढ्ने अपेक्षा गरिएको नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र चम्लगाईंले बताए । गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेको नेपाली समुदायको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीको पहिचान बढाउने काम गरेको बताए ।

गत अक्टोबर २ मा कतारका अमिरले विशेष समारोहबीच समुद्घाटन गरेको यस वागवानीसम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र एक सयभन्दा बढी व्यावसायिक संस्थाहरू सहभागी छन् । एक्स्पोमा नेपाली व्यवसायी सङ्घ कतार, गैरआवासीय नेपाली सङ्घ कतार र नेपाल निर्यात व्यवसायी महासङ्घको सहयोगमा नेपाली राजदूतावासले पनि सहभागिता जनाए ।

एक्स्पोको सञ्चालनका लागि नेपालका तर्फबाट कृष्णकुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरलसहित महेन्द्र चम्लगाईं, रमेश भट्ट, सुनीलकुमार घिमिरे, शङ्कर न्यौपाने, भिजन घिमिरेलगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ