पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि « Khabarhub

पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कास्की – पर्वतको बनौँ बास्केटबल टोली पोखरामा सञ्चालन भएको खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । पुन एकता क्लब पोखराले महाशिवरात्रि पर्वका अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौँले उपाधि जितेको हो । च्याम्पियन बनेको बनौँले रु एक लाख नगदसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता मर्दीखोलाले रु ५० हजार पुरस्कारमा चित्त बुझायो ।

यसैगरी महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अन्नपूर्णले रु २० हजार र उपविजेता र अमिचिले रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

भेट्रान्सतर्फ लामाचौर एक्स एबिसीलाई ५४–४० स्कोरले हराउँदै प्रथम भयो । उपाधि जितेको लामाचौरले रु ३५ हजार र द्वितीय भएको एबिसीले रु १७ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । प्रतियागितामा पुरुषतर्फ बनौँका पुस्कल छन्त्याल र महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौरका गमप्रसाद पुर्जा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटबल सङ्का अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष सुदीप पुर्जालगायतले पुरस्कार वितरण गरे।

समापान समारोहमा राखेप सदस्य गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौँ राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउ पुग्ने आफूहरुको अपेक्षा रहेको बताए । यही फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स गरी तीन विधामा सञ्चालन गरिएको अध्यक्ष पुर्जाले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १९, महिलातर्फ सात र भेट्रान्सतर्फ छ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : २७ बजे

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल