चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा « Khabarhub

चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

झापा – चर्च ब्वाइज युनाइटेड क्लब विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

आज भएको खेलमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका लागि सुरजजिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदीप लिम्बूले बचाए ।

झापाका लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईँले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाए ।

यसअघि १४ मिनेटको अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो सात मिनेटमा फाकुन्लेको प्रहार झापाका रक्षकलाई लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको सङ्कट टारेका थिए ।

चर्च ब्वाइजका फकुन्लेले गोलकिपर सुदीप लिम्बूलाई बिट गरेर प्रहार गरेको चिपरक्षक पेमा तामाङले क्लियर गरेका हुन् । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित रु ११ हजार पुरस्कार प्राप्त गरे । आगामी सोमबार हुने उपाधि भीडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता छ । उपाधि विजेताले नगद रु १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद रु सात लाख पाउनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : ०३ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर