गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो « Khabarhub

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।

दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।

गाजापट्टीमा हमास विरुद्ध इजरायलले गरेको निरन्तर आक्रमणबाट व्यापक जनधनको क्षति भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : ४८ बजे

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक