बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ? « Khabarhub

बलिउड कलाकार को को भिड्दै छन् लोकसभा निर्वाचनमा ?


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जुन पहिलो तारिकदेखि भारतमा लोकसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उम्मेदवार को बन्छ भन्ने विषयले चुनावी माहोल तात्ने क्रममा छ ।

बलिउड कलाकारहरू पनि उम्मेद्वार बन्ने विषयले चर्चा पाएको छ । नायिका कंगना रौनावत भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मण्डीबाट उम्मेदवारी दिने पक्का भएको छ । उनी पहिलो पटक चुनाव लड्दै छिन् ।

नायक गोबिन्दा पनि चुना लड्ने करिब पक्का जस्तै छ । उनी शिवसेना पार्टीका तर्फबाट मुम्बई उत्तर पश्चिमका लागि उम्मेद्वार बन्ने चर्चा छ । उनले सन् २००४ को लोकसभा चुनावमा जितेका थिए । कांग्रेसबाट लोकसभा सदस्य बनेका गोविन्दाले सन् २००८ मा राजनीतिबाट अलग भएको घोषणा गरेका थिए ।

त्यस्तै, अन्य केही कलाकारहरू पहिलादेखि नै राजनीतिमा सक्रिय छन् । उनीहरूले यस पटक पनि उम्मेदवारीलाई निरन्तरता दिने कुरा छ । यसैबीच नायक सञ्जय दत्त पनि राजनीतिमा आउने चर्चा चलेको छ ।

सञ्जयको उम्मेदवारीका बारेमा पछिल्लो समय समाचार र सामाजिक सञ्जालमा चर्चा चलेको हो । उनी कांग्रेसबाट हरियाणाको यमुनानगरबाट चुनाव लड्ने चर्चा चलेको छ । सञ्जय चुनावमा उठ्न लागेको हल्ला चलेको यो पहिलो पटक भने पक्कै होइन ।

सञ्जयका बुबा सुनील दत्त भारतीय कंग्रेसको नेता समेत भएकोले उनको चर्चा चल्ने गरेको हो । उनकी बहिनी प्रिया पनि सोही पार्टीकी नेत्री हुन् । त्यसैले पनि पछिल्ला हरेक जसो निर्वाचनमा उनको उम्मेदवारीका विषयमा चर्चा हुने गर्छ ।

सञ्जय राजनीतिबाट टाढा रहेका व्यक्ति भने होइनन् । उनको परिवार नै राजनीतिमा संलग्न थियो । उनी आफैँले पनि सन् २००९ को लोकसभा चुनावमा समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए । तर हतियार प्रकरण टुंगो नलागेका कारण उम्मेदवारी बदर भएको थियो ।

चुनावमा नउठे पनि पार्टीको महासचिवको जिम्मेवारीमा उनले एक वर्ष काम गरे । तर सन् २०१० मा उनले पार्टी परित्याग गरे ।

अहिलेको चुनावमा उम्मेदवारीको चर्चाले उनी स्पष्टीकरण दिन बाध्य भएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत् उम्मेद्वार बन्न लागेको चर्चा झुठो भएको जानकारी दिएका छन् ।

सञ्जयले लेखेका छन्, ‘म राजनीतिमा प्रवेश गर्ने सबै हल्लाको अन्त्य गर्न चाहन्छु । म कुनै पार्टीमा आबद्ध छैन र चुनाव लडिरहेको छैन ।’

चुनाव लड्ने सोच आए पहिला आफैँले घोषण गर्ने उनले बताए । उनले भने, ‘मैले राजनीतिक मैदानमा प्रवेश गर्ने निर्णय गरेँ भने घोषणा गर्ने पहिलो व्यक्ति म आफैँ हुनेछु । कृपया आजकल मेरो बारेमा समाचारमा जे चर्चा भइरहेको छ त्यसमा विश्वास नगर्नुहोस् ।’

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : १६ बजे

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय