काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा जनप्रदर्शन गरेको छ ।
सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति सुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
तस्बिरमा हेर्नुहाेस् :
प्रतिक्रिया