राजेन्द्रले भने- गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं « Khabarhub

राजेन्द्रले भने- गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताएका छन् । 

थापाथलीमा आयोजित सभामा उनले गृहमन्त्रीको  आफूहरूलाई दमन गरेको बताए ।

उनले भने, ‘लोगो लगाएको सांसदलाई तपाईंले के गर्नुभयो ? मलाई कुट्नुभयो भनेर म भन्दिनँ, ज्ञानेन्द्र शाहीको कोट नै देखाइएको छैन । कुन प्रकारको पूर्वाग्रह हो ?’ उनले भने, ‘माननीय बुद्धिमान तामाङमाथि जुन प्रकारको आक्रमण गर्नुभयो, यसलाई हामीले राम्ररी याद गरेका छौं ।’

  ‘गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं । यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?’

रवि लामिछानेलाई छानबिन नै हुनु नपर्ने कुन व्यवस्था भएको प्रश्न गर्दै छानबिन गर्दा दोषी देखिएन भने चोखिन पाउने बताए ।

आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनी रविमाथि खनिएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : २४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल