राजेन्द्रले भने- गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं « Khabarhub

राजेन्द्रले भने- गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताएका छन् । 

थापाथलीमा आयोजित सभामा उनले गृहमन्त्रीको  आफूहरूलाई दमन गरेको बताए ।

उनले भने, ‘लोगो लगाएको सांसदलाई तपाईंले के गर्नुभयो ? मलाई कुट्नुभयो भनेर म भन्दिनँ, ज्ञानेन्द्र शाहीको कोट नै देखाइएको छैन । कुन प्रकारको पूर्वाग्रह हो ?’ उनले भने, ‘माननीय बुद्धिमान तामाङमाथि जुन प्रकारको आक्रमण गर्नुभयो, यसलाई हामीले राम्ररी याद गरेका छौं ।’

  ‘गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं । यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?’

रवि लामिछानेलाई छानबिन नै हुनु नपर्ने कुन व्यवस्था भएको प्रश्न गर्दै छानबिन गर्दा दोषी देखिएन भने चोखिन पाउने बताए ।

आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनी रविमाथि खनिएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : २४ बजे

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर