सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल  « Khabarhub

सन्यास तोडेका आमिर र वासिम पाकिस्तानी टी-२० टिममा सामेल 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ । 

पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ । 

पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहमद अब्बास अफ्रिदी,  मोहमद रिजवान,  मोहमद आमिर, मोहमद इरफान खान, नसीम शाह,  सैम आयुब, शदाब खान, शाहीन शाह अफ्रिदी, उसमा मिर, उसमान खान र जमान खान रहेका छन् ।   

पाकिस्तानको टिममा फर्किएका आमिरले केही दिन अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्दै टी-२० टिममा छनोटका लागि आफु उपलब्ध हुने बताएका थिए ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । 

त्यस्तै यस अघि इमाद वासिमले पनि केहिदिन अघि आफ्नो सन्यास तोडेर टी-२० टिममा उपलब्ध हुने बताएका थिए । उनले इस्लामाबाद युनाइटेडलाई यस सिजनको पीएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ४७ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न