पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी | Khabarhub Khabarhub

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार अपरान्ह् १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा१० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।इन्डोनेसियाको राष्ट्रिय मौसम पुर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ ।

प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ । प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन ।

‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : १७ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको