जालपामा पाँच शय्याको 'जनसेवा नगर अस्पताल' स्थापना | Khabarhub Khabarhub

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । 

जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रूपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.१२ का अध्यक्ष दानबहादुर राईले बताए। 

जालपाका स्थानीयले २०६९ सालमा चन्दा संकलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।

जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए। जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ । 

जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।

  निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ३२ बजे

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

बालेन्द्र शाह फाइल फाेटाे काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित 

गलेश्वर– लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय