रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण « Khabarhub

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

प्लेअफका रोचक भिडन्त


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ। खासमा चेन्नाई सुपर किङ्स, सनराइजर्स हैदरावाद, लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल बिचको प्ले अफका दुई स्थानमा लागि हुने भिडन्तले लिग चरणका हरेक खेल रोचक बनाएको छ। राजस्थान र कलकत्ता नाइट राइडर्स प्ले अफमा प्रवेश गरी सकेका छैनन्। तर यी दुवै टोली प्ले अफबाट बाहिर रहने सम्भावना अत्यन्त न्यून छ। कलकत्ताले केही खेलमा पाएको फराकिलो जितका कारण रन रेट पनि राम्रो छ।

संयोग मान्नुपर्छ धेरै रन बटुलेका विराट कोहलीको रोयल च्यालेन्जर बंग्लोरु तथा धेरै विकेट लिने जसप्रित बुमराहको मुम्बई इन्डियन बिनाको प्लेअफ समीकरणको सम्भावना अत्यन्त बलियो भएको छ।

बुधबर राति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टसलाई ९ दशमलव ४ ओभरमा १० विकेटले हरायो। यो खेलपछि हैदरावादको नेट रन रेटमा समेत सुधार भएको छ। १२ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा छ। हैदरावादको जितले मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गर्ने सम्भावनाको अन्त्य भएको छ। मुम्बईको ८ अङ्क छ। २ खेल बाँकी रहेकाले अधिकतम १२ अङ्कको सम्भावना छ। कलकत्ता र राजस्थानको १६ तथा हैदरावादको १४ अङ्क छ। १२ अङ्क भएका लखनउ र दिल्ली क्यापिटल बिचको खेल बाँकी रहेका कारण कमसेकम १ टोलीको १२ अङ्क पार हुने निश्चित भइसकेको छ।

८ अङ्क भएको गुजरात टाइटन, पन्जाब किङ्स र रोयल च्यालेन्जर बैंगलोरुको गणितीय सम्भावना कायम नै छ। यी सबैको ३ खेल बाँकी छ। १४ अङ्क सहित प्ले अफ प्रवेशको सम्भावना अझ जीवित छ। बिहीबार हुने पन्जाब र बंग्लोरुबिचको खेलले एक टोलीको गणितीय सम्भावनाको अन्त्य गर्नेछ। यी तीन वटै टोलीको १४ अङ्क भए पनि सो अङ्क प्लेअफका लागि सम्भावना नभएको होइन। तर त्यो सम्भावना एकदमै न्यून छ।

८ अङ्क भएको गुजरात टाइटन, पन्जाब किङ्स र रोयल च्यालेन्जर बैंगलोरुको गणितीय सम्भावना कायम नै छ। यी सबैको ३ खेल बाँकी छ। १४ अङ्क सहित प्ले अफ प्रवेशको सम्भावना अझ जीवित छ।

यी तीन टोली मध्ये गुजरातले बाँकी रहेका तीन खेल जितेमा पन्जाब र बैंग्लोरुको भन्दा सम्भावना केही बढी हुनसक्छ। गुजरातले चेन्नाई, कलकाता र हैदरावादसँग खेल्न बाँकी छ। चेन्नाई र हैदरावादसँगको खेलमा जित हात पारे ती दुवै टोली १४ अङ्कमा रोकिने सम्भावना देखिन्छ। यी दुवै नेट रन रेटमा असाध्य राम्रो भएका टोली हुन्। चेन्नईको शून्य दशमलव ७ भन्दा बढी रन रेट छ भने लखनउलाई शानदार ढङ्गले हराएपछि हैदरावादको पनि शून्य दशमलव ४ रन रेट छ।

हैदरावादसँग पराजित लखनउ १२ अङ्कसहित छैटौँ स्थानमा छ। जुन छैटौँ स्थानसम्म रहेका टोलीको सम्भावना अलि व्यावहारिक छ। लखनउले दिल्ली र मुम्बईसँग खेल्ने छ। दिल्लीसँगको खेल बाँकी छ। दुवै खेलमा जित हात पारे १६ अङ्क हुनेछ। चेन्नाइको बाँकी रहेका तीन खेलमा दुई हार या हैदरावादको बाँकी दुई खेलमा दुवै हारले लखनउलाई प्ले अफमा लैजाने सम्भावना छ। यदि चेन्नई या हैदरावादको १६ अङ्क भए पनि नेटरनरेटमा लखनउ बाहिर हुने सम्भावना अत्यन्त धेरै छ।

पुछारमा रहेको गुजरात जस्तै सातौँ स्थानमा रहेको बैंग्लोरुको प्रदर्शनले उसको प्ले अफ सम्भावना माथि रहेका टोलीको संरचनालाई अझ रोचक बनाउन सक्नेछ। ११ खेलमा ८ अङ्क जोडेको बंग्लोरुले पन्जाब, दिल्ली र चेन्नाईसँग खेल बाँकी छ। सबै खेलमा जित हात पारेमा बैंग्लोरुको नेट रन रेट पाँचौँ स्थानमा रहेको दिल्ली र छैटौँ स्थानको गुजरातको भन्दा राम्रो छ। यसले समीकरणलाई नयाँ मोड दिन पनि सक्नेछ।शुक्रवार राति हुने चेन्नाई र गुजरातको खेलमा गुजरात विजयी भए यसले धेरै समीकरण अझ बाँकी नै राख्ने छ।

पाँचौँ स्थानमा रहेको दिल्लीका लागि पनि अहिले आफ्नो जित मात्र पर्याप्त हुँदैन। दिल्लीको शीर्ष चारमा रहेका कुनै पनि टोलीसँग खेल बाँकी छैन। दिल्लीले लखनउ भन्दा अघि बंग्लोरुसँग खेल्ने छ। तसर्थ दिल्लीका लागि आफ्नो जितमा होइन शीर्ष चारमा रहेका टोलीको हार पनि आवश्यक छ। खासमा तेस्रो स्थानमा रहेको हैदरावाद या चौथो स्थानमा रहेको चेन्नाईको हार दिल्लीका लागि आवश्यक छ।

शीर्ष चारमा रहेका कुनै पनि टोली प्लेअफमा प्रवेश गरेका छैनन्। १६ अङ्क भएका दुवै टोली एक जितले औपचारिक रूपले प्ले अफमा प्रवेश पाउने छन्। बाँकी रहेका सबै खेलमा पराजित भए पनि १६ अङ्क नै पर्याप्त हुनसक्छ। त्यो पनि पाँचौँ या छैटौँ स्थानमा रहेकामध्ये कुनै टोलीले बाँकी दुवै खेल धेरै रन रेटमा असर गर्न सक्ने गरी जित्नु आवश्यक छ। शीर्ष स्थानमा रहेको कलकाताको त नेट रन रेट अझ बलियो छ।

तेस्रो स्थानमा रहेको हैदरावादको हकमा पनि बाहिरिने सम्भावना अत्यन्त न्यून देखिएको छ। हैदरावादको खेल १६ मेका दिन गुजरातसँग छ। त्यस भन्दा अगाडि धेरै खेल भइसकेका हुनेछन्। सोही दिन गुजरातले लिग चरणको अन्तिम खेल खेल्ने छ। हैदरावादका लागि एक खेल पर्याप्त हुनसक्छ। तथापि दुवै हारले पनि प्लेअफमा प्रवेशको सम्भावना कायम छ।

अहिलेसम्मको यो समीकरण र जोड घटाउको अर्थ यो हो कि मुम्बई बाहेक कोही पनि बाहिरिएका छैनन्। कोही पनि प्ले अफमा प्रवेश गरिसकेका छैनन्। तर, कलकाता र राजस्थानको एकदमै निकट छन्। हैदरावाद र चेन्नाईको अवस्था पनि धेरै बलियो बनेको छ। 

चौथो स्थानमा रहेको चेन्नाईको हकमा पनि यथावत् रहने सम्भावना नै बढी हो। चेन्नाईले गुजरात, राजस्थान र बंग्लोरुसँग खेल्ने छ। यदि गुजरातले चेन्नाईलाई शुक्रबार हुने खेलमा हराएमा धेरै अर्थमा रोचक हुनसक्छ। बिहीबार बंग्लोरु र शुक्रबार गुजरातको जितले लिगको समीकरण सबै भन्दा रोचक बनाउन सक्नेछ। यसले बंग्लोरुलाई अन्तिम खेलमा चेन्नाईलाई हराउँदै प्ले अफमा प्रवेश गर्ने सम्भावनाको ढोका खोल्न सक्ने छ।

अहिलेसम्मको यो समीकरण र जोड घटाउको अर्थ यो हो कि मुम्बई बाहेक कोही पनि बाहिरिएका छैनन्। कोही पनि प्ले अफमा प्रवेश गरिसकेका छैनन्। तर, कलकाता र राजस्थानको एकदमै निकट छन्। हैदरावाद र चेन्नाईको अवस्था पनि धेरै बलियो बनेको छ।  धेरै खेलका समीकरण बाँकी छन्। यसमा गुजरात र बंग्लोरुका बाँकी खेलका प्रदर्शन समीकरणमा फेरबदल गर्न अझ धेरै सहयोगी हुन सक्छन्। अधिकतम सम्भावना भनेको कलकत्ता र राजस्थान पहिलो क्वालिफायर तथा चेन्नई र हैदरावाद बिचको इलिमिनेटर खेल नै हो।

तस्बिर र स्रोत : क्रिकइन्फो

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : १८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच