जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा « Khabarhub

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

'हामी उपेन्द्र यादव र अशोक राई दुबैको समूहमा छैनौं'


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

जसपा नेता डा. महेन्द्र लावती र खगेन्द्र माखिम

काठमाडौं- उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी पार्टी (जसपा) मा तेस्रो धारको जन्म भएको छ । तेस्रो धारमा रहेका नेताहरुले यादव र राईको समूहमा नलागी तटस्थ र स्वतन्त्र रहने निर्णय गरेका छन् ।

जसपामा एकता प्रक्रियाबाट आवद्ध भएका लिम्वुवानका नेताहरुले तटस्थ रहने निर्णय गरेका हुन् ।

त्यसैगरी विभिन्न समयमा राप्रपा लगायतका दलबाट जसपामा आवद्ध रहेका नेताहरुले पनि तटस्थ रहने घोषणा गरेका छन् ।

अशोक राईको नेतृत्वमा नेमपा एमाले छाडेर जसपामा आवद्ध हुन पुगेका केही नेताहरु पनि तटस्थ समूहमा रहेको सो समूहका नेताहरुले बताएका छन् ।
यसरी तटस्थ रहनेमा संघीय लिम्बुवान राज्य परिषदबाट जसपासँग एकता गरेका खगेन्द्र मामिख र उनको समूह रहेको छ । त्यसैगरी अमेरिकामा कार्यरत प्राध्यापक डा. महेन्द्र लावतीले पनि जसपा छाडेर स्वतन्त्र रहने निर्णय गरेका छन् ।

इलामको उपचुनावमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै डा. लावती

खास गरी पूर्वी नेपालका जसपा नेताहरु र प्रवासमा रहेकाहरुले तीन दिनयताको छलफल पनि कुनै समूहमा नलागी तटस्थ बस्ने घोषणा गरेका हुन् ।
‘हामीले तीनदिनसम्म वृहत छलफल गरेर निश्कर्ष निकालेका हौं,’ डा. लावतीले खबरहबसँग भने, ‘हामी उपेन्द्रजी र अशोकजी दुबैतिर छैनौं, स्वतन्त्र रहने छौं ।’

तटस्थ रहने जसपाका नेताहरुले आज दिउँसो १२ बजे रिपोर्टस क्ब्लवमा पत्रकार सम्मेलन गरेर पहिचानवादी मोर्चाको घोषणा गर्ने कार्यक्रम रहेको नेता माखिमले बताए ।

जसपाका नेता खगेन्द्र माखिम, लावती, सरु सिंघक लगायतका नेताहरुले बैशाख १५ को उपचुनावमा इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सक्रिय रुपमा सघाएका थिए ।

संसदमा १२ सिट रहेको जसपा यसै साता फुटेको हो । फुटेर नयाँ पार्टी बनाएका अशोक राईको पक्षमा ७ जना र उपेन्द्र यादवको पक्षमा ५ जना प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रियसभामा रहेका ३ जना सदस्इ आफूसँगै रहेको यादवले बताएका छन् । यादव समूह विभाजनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ ।

यो पनि
घरभँडुवा नेताबाट सावधान !

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : २३ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान