जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा « Khabarhub

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

'हामी उपेन्द्र यादव र अशोक राई दुबैको समूहमा छैनौं'


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

जसपा नेता डा. महेन्द्र लावती र खगेन्द्र माखिम

काठमाडौं- उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी पार्टी (जसपा) मा तेस्रो धारको जन्म भएको छ । तेस्रो धारमा रहेका नेताहरुले यादव र राईको समूहमा नलागी तटस्थ र स्वतन्त्र रहने निर्णय गरेका छन् ।

जसपामा एकता प्रक्रियाबाट आवद्ध भएका लिम्वुवानका नेताहरुले तटस्थ रहने निर्णय गरेका हुन् ।

त्यसैगरी विभिन्न समयमा राप्रपा लगायतका दलबाट जसपामा आवद्ध रहेका नेताहरुले पनि तटस्थ रहने घोषणा गरेका छन् ।

अशोक राईको नेतृत्वमा नेमपा एमाले छाडेर जसपामा आवद्ध हुन पुगेका केही नेताहरु पनि तटस्थ समूहमा रहेको सो समूहका नेताहरुले बताएका छन् ।
यसरी तटस्थ रहनेमा संघीय लिम्बुवान राज्य परिषदबाट जसपासँग एकता गरेका खगेन्द्र मामिख र उनको समूह रहेको छ । त्यसैगरी अमेरिकामा कार्यरत प्राध्यापक डा. महेन्द्र लावतीले पनि जसपा छाडेर स्वतन्त्र रहने निर्णय गरेका छन् ।

इलामको उपचुनावमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै डा. लावती

खास गरी पूर्वी नेपालका जसपा नेताहरु र प्रवासमा रहेकाहरुले तीन दिनयताको छलफल पनि कुनै समूहमा नलागी तटस्थ बस्ने घोषणा गरेका हुन् ।
‘हामीले तीनदिनसम्म वृहत छलफल गरेर निश्कर्ष निकालेका हौं,’ डा. लावतीले खबरहबसँग भने, ‘हामी उपेन्द्रजी र अशोकजी दुबैतिर छैनौं, स्वतन्त्र रहने छौं ।’

तटस्थ रहने जसपाका नेताहरुले आज दिउँसो १२ बजे रिपोर्टस क्ब्लवमा पत्रकार सम्मेलन गरेर पहिचानवादी मोर्चाको घोषणा गर्ने कार्यक्रम रहेको नेता माखिमले बताए ।

जसपाका नेता खगेन्द्र माखिम, लावती, सरु सिंघक लगायतका नेताहरुले बैशाख १५ को उपचुनावमा इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सक्रिय रुपमा सघाएका थिए ।

संसदमा १२ सिट रहेको जसपा यसै साता फुटेको हो । फुटेर नयाँ पार्टी बनाएका अशोक राईको पक्षमा ७ जना र उपेन्द्र यादवको पक्षमा ५ जना प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रियसभामा रहेका ३ जना सदस्इ आफूसँगै रहेको यादवले बताएका छन् । यादव समूह विभाजनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ ।

यो पनि
घरभँडुवा नेताबाट सावधान !

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : २३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको