जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा | Khabarhub Khabarhub

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

'हामी उपेन्द्र यादव र अशोक राई दुबैको समूहमा छैनौं'


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

जसपा नेता डा. महेन्द्र लावती र खगेन्द्र माखिम

काठमाडौं- उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी पार्टी (जसपा) मा तेस्रो धारको जन्म भएको छ । तेस्रो धारमा रहेका नेताहरुले यादव र राईको समूहमा नलागी तटस्थ र स्वतन्त्र रहने निर्णय गरेका छन् ।

जसपामा एकता प्रक्रियाबाट आवद्ध भएका लिम्वुवानका नेताहरुले तटस्थ रहने निर्णय गरेका हुन् ।

त्यसैगरी विभिन्न समयमा राप्रपा लगायतका दलबाट जसपामा आवद्ध रहेका नेताहरुले पनि तटस्थ रहने घोषणा गरेका छन् ।

अशोक राईको नेतृत्वमा नेमपा एमाले छाडेर जसपामा आवद्ध हुन पुगेका केही नेताहरु पनि तटस्थ समूहमा रहेको सो समूहका नेताहरुले बताएका छन् ।
यसरी तटस्थ रहनेमा संघीय लिम्बुवान राज्य परिषदबाट जसपासँग एकता गरेका खगेन्द्र मामिख र उनको समूह रहेको छ । त्यसैगरी अमेरिकामा कार्यरत प्राध्यापक डा. महेन्द्र लावतीले पनि जसपा छाडेर स्वतन्त्र रहने निर्णय गरेका छन् ।

इलामको उपचुनावमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै डा. लावती

खास गरी पूर्वी नेपालका जसपा नेताहरु र प्रवासमा रहेकाहरुले तीन दिनयताको छलफल पनि कुनै समूहमा नलागी तटस्थ बस्ने घोषणा गरेका हुन् ।
‘हामीले तीनदिनसम्म वृहत छलफल गरेर निश्कर्ष निकालेका हौं,’ डा. लावतीले खबरहबसँग भने, ‘हामी उपेन्द्रजी र अशोकजी दुबैतिर छैनौं, स्वतन्त्र रहने छौं ।’

तटस्थ रहने जसपाका नेताहरुले आज दिउँसो १२ बजे रिपोर्टस क्ब्लवमा पत्रकार सम्मेलन गरेर पहिचानवादी मोर्चाको घोषणा गर्ने कार्यक्रम रहेको नेता माखिमले बताए ।

जसपाका नेता खगेन्द्र माखिम, लावती, सरु सिंघक लगायतका नेताहरुले बैशाख १५ को उपचुनावमा इलाममा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सक्रिय रुपमा सघाएका थिए ।

संसदमा १२ सिट रहेको जसपा यसै साता फुटेको हो । फुटेर नयाँ पार्टी बनाएका अशोक राईको पक्षमा ७ जना र उपेन्द्र यादवको पक्षमा ५ जना प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रियसभामा रहेका ३ जना सदस्इ आफूसँगै रहेको यादवले बताएका छन् । यादव समूह विभाजनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ ।

यो पनि
घरभँडुवा नेताबाट सावधान !

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : २३ बजे

जनजातिका माग पूरा गर्न पहल गर्नेछौँ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै

वैदेशिक रोजगारीमा लाखौँ ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा

जब मामाकै योजनामा प्रहरीसमेत मिलेर लुटे भाञ्जाको घर

काठमाडौं- बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर

जुलियन असान्ज बेलायतको जेलबाट रिहा

एजेन्सी– जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत

व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने