कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग « Khabarhub

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

मुख्यमन्त्री केदार कार्की

बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली कांग्रेसभित्र आवाज उठ्न थालेको छ ।

पूर्व सांसदसमेत रहेका कांग्रेस नेता सूयर्माराज राईले अब कुनै अलमल नगरी नेपाली कांग्रेस मध्यावभि चुनावको पक्षमा उभिनुपर्ने बताएका छन् ।

‘कोशीमा कांग्रेसले कुनै अलमल, दुविधा र पार्टीको आन्तरिक कलहको द्वेष नराखी अविलम्ब मध्यावधि घोषणा गर्नुपर्छ,’ कांग्रैस नेता राई भन्छन्, ‘यो लोकतान्त्रिक विधि, राजनीतिको खेल र एकहदसम्म राजनीतिक जीत पनि हो कांग्रेसका लागि ।’

प्रदेशमा मध्यावधि चुनाव गर्दा संविधानको धारा १६८(५) ले पूर्ण व्याख्याको अवसर पनि पाउने राईको भनाइ छ ।

कांग्रेस नेता सुयर्माराज राई

कोशी प्रदेशमा राजनीतिक संकट गरिहिँदै जाँदा कांग्रेसभित्र मध्यावधि चुनावको माग हुन थालेको हो । केदार कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ (५) अनुसार गठन भएकाले अब फेरि उपधारा २ मा फर्कने कि प्रदेशससभा विघटन हुने भन्ने संवैधानिक प्रश्न उब्जेको छ ।

कार्कीको सरकारले बहुमत गुमाएपछि अहिले एमाले र माओवादीले धारा १६८ को उपधारा २ मा फर्केर मुखमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका थिए । तर, बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले उपधारा ५ अनुसार नै शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेका छन् ।

संविधानमा उपधारा ५ अनुसारको सरकारले बहुमत गुमाएपछि पुनः सोही उपधाराको प्रयोग गरेर अर्को सरकार बनाउने स्पष्ट लेखिएको छैन ।

यो पनि-
कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

कोशीमा नयाँ सरकार गठनको आह्वान

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ३७ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई