महोत्तरीका किसानले पाए उखुको भुक्तानी | Khabarhub Khabarhub

महोत्तरीका किसानले पाए उखुको भुक्तानी


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।

उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । “यसपालि उखु मिलबाट सबै रकम पाइयो,”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, “तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।” आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ । 

उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले भने , ‘यो अवैज्ञानिक छ ।’ बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनले बताए। 

अध्यक्ष कुशवाहाका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्यांकनको आधारमा कमसेकम रु सात सय प्रतिक्विन्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगीबीचको सहमतिपछि रछ सय १० कायम भएको ।  पाँच सय ४० उखुको मूल्यबापत उद्योगले दिने र रु ७० सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानवापतको रकम पाउन बाँकी छ । 

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए। 

एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ । 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १० : ४३ बजे

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब