ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो | Khabarhub Khabarhub

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।

यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।

एक अनुमान अनुसार यो वर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ३१ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो