अस्तव्यस्त मधेश सरकार : जनकपुर चुरोटको एउटै भवनमा कोचाकोच चार मन्त्रालय | Khabarhub Khabarhub

अस्तव्यस्त मधेश सरकार : जनकपुर चुरोटको एउटै भवनमा कोचाकोच चार मन्त्रालय


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- गठबन्धनलाई भाग पुर्‍याउने नाममा पूर्व तयारी र पर्याप्त श्रोत साधनबिनाा मन्त्रालय बढाउँदा मधेश प्रदेश सरकार अस्तव्यस्त बनेको छ ।

गठबन्धन दललाई भाग मिलाउने नाममा सत्ता स्वार्थका लागि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय बढाएर ७ बाट १० पुर्‍याएका  छन्। अहिले मधेस प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या ११ पुगिसकेको छ ।

मन्त्रालयको संख्या बढे पनि पुरानै संरचना रहेको मधेशमा एकै भवनमा ४ वटा मन्त्रालय कोचाकोच राखिएको छ । यसअघि त्यही भवनमा ६ वटासमेत मन्त्रालय थिए । अहिले मधेश सरकार रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको एकै भवनमा चार मन्त्रालय राखिएको हो ।

जसको बोर्डसमेत तलमाथि गरेर लहरै राखिएको छ । एउटै भवनमा वन तथा वातावरण, उद्योग, वाणिज्य तथा पर्यटन, अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राखिएको छ ।

फुटाउनुअघि सामाजिक विकास मन्त्रालय मात्रै थियो । तर फुटाएर शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बनाइएको छ । फेरि पनि गठबन्धनलाई भाग पुर्‍याउन शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइएको छ ।

यसरी मधेशमा मन्त्रालयको संख्या बढाउँदै ११ पुर्‍याइएको छ । संघीयता कार्यान्वयनसँगै सात मन्त्रालयबाट काम थालेको सरकारले दोस्रो कार्यकालमा बढाएर झन्डै दोब्बर पुर्‍याएको छ ।

यसैगरी भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर ऊर्जा सिँचाइ तथा खानेपानी र श्रम तथा यातायात मन्त्रालय बनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय भएकै भवनमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयलाई तीन-तीन कोठामा सीमित गरिएको छ । जसमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको सचिवालय पनि टाँसिएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलले एउटै भवनमा चार मन्त्रालय हुँदा असहज हुनु स्वाभाविक भएको बताए ।

‘अलग–अलग मन्त्रालयको अलग अलग भवन अति नै राम्रो हो । तर नभएको अवस्थामा जसरी पनि काम त गर्नै पर्छ’, उनले भने, त्यही भएर जे छ त्यसैमा काम चलाइरहेका छौँ । मन्त्रालय नीतिगत कुराहरूमा बढी केन्द्रित हुने हुँदा भिड हुँदैन । त्यसैले खासै गाह्रो छैन ।’

तर सेवा लिन आएका महोत्तरीको अलावा नगरपालिका-११ का विकास झाले कुन तल्लामा कुन मन्त्रालय रहेको पहिचान गर्न कठिन भएको बताए ।

उनले भने, ‘बोर्ड हेरेर मन्त्रालय पस्नुपर्छ वा माथि सोधेरै मन्त्रालय जानुपर्छ । अन्यथा एउटा मन्त्रालयमा अर्कैमा पुगिएको हुन्छ । अन्य कुनै फाँटमा पुगिन्छ ।’ हाल चारवटा फ्लोर बाँडेर सबैमा एक–एक मन्त्रालय राखिएको छ ।

तत्कालीन सामाजिक विकास मन्त्रालयलाई फुटाएर शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइएको थियो । ती तीनवटा मन्त्रालय तीन ठाउँमा छुट्टिएका छन् ।

हाल शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई नीति तथा योजना आयोगको भवनमा समितिमा परिणत हुन पुगेको छ । उता खेलकुद तथा समाज कल्याण मन्त्रालय एउटा टहराको घरमा अवस्थित छ ।
जसको उदाहरण खेलकुद तथा समाज कल्याण मन्त्रालय मन्त्रालय छ ।

स्वास्थ्यमन्त्री रहेकी सुरिता साहबाट खोसेर भागबन्डा मिलाउन मुख्यमन्त्री यादवले नेकपा एमालेलाई स्वास्थ्य मन्त्री दिए । उता सुरितालाई विना विभागी बनाइयो । महिनौं प्रतीक्षापछि गत कात्तिक २२ गते शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्र्याएर शिक्षा तथा सांस्कृतिक र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइयो । त्यसपछि मात्रै मन्त्रीको पदस्थापना भयो । तर झन्डै ४ महिना मन्त्रालयलाई बजेट र कर्मचारीविहीन बनाइयो ।

अझै पनि केही बजेट आउनै बाँकी रहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले जानकारी दिए । उनले भने, ‘धेरै लामो कसरतपछि अहिले सहज वातावरणमा काम गरिरहेका छौँ, तैपनि अहिले खाता खोलेर आयोजनाहरू चलाउन लागिपरेका छौँ ।’

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : ५४ बजे

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्