कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन « Khabarhub

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५ दोस्रो पटक प्रयोग हुँदा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरसहित उपधारा ५ बमोजिम नयाँ सरकारमा दाबी गरेका कार्कीलाई आफ्नो समर्थन रहेको जसपा सांसद निर्मला लिम्बूले खबरहबलाई बताइन् ।

निर्मला कोशीमा ताप्लेजुङबाट समानुपातिकमा निर्वाचित जसपाक एक मात्रै सांसद हुन् ।

‘हिक्मत कार्कीलाई मेरो समर्थन छ । सरकारको दाबीमा हस्ताक्षर नभए पनि नयाँ बन्ने सरकारसँगै रहनेछु’, उनले खबरहबलाई भनिन्, ‘नयाँ समीकरणमै रहेर अघि बढ्ने यो मेरो व्यक्तिगत निर्णय हो ।’

जसपा सांसद लिम्बूले समर्थन गरेसँगै हिक्मत कार्कीको पक्षमा उभिने सांसदको संख्या ५३ पुगेको छ ।

यसअघि नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले हस्ताक्षर दिएर प्रदेश प्रमुखकहाँ सरकारको दाबी गरिएको छ ।

कतै छैन

यसैबीच आइतबार विभाजित भएको जसपा नेपालका कुनै समूहतिर आफू खुलिनसकेको लिम्बूले बताइन् ।

उनले आफूलाई अहिले नै त्यसबारे प्रश्न नगर्नसमेत भनिन् । ‘यसबारेमा मलाई अहिले केही नभन्नु होला, यो मेरो व्यक्तिगत निर्णय हो,’ उनले भनिन्, ‘अहिलेलाई म जसपामै छु । थप निर्णय आवश्यकअनुसार लिनेछु ।’

आइतबार अशोक राईसहित ७ संघीय सांसदले पार्टी फुटाउँदाको असर प्रदेशमा पनि परेको छ ।

जसपा विभाजित हुँदा तीन धार देखिएका छन् । एउटा उपेन्द्र यादव नेतृत्वको, अर्को अशोक राई नेतृत्वको र अर्को पहिचान पक्षधर धार निस्किएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ५८ बजे

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन