विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ?  « Khabarhub

विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ? 


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हिन्दु धर्ममा आगोलाई पवित्र मानिन्छ । आफैमा अग्नि देवताको समेत पूजाआजा गर्ने गराउने पनि गरिन्छ । हिन्दु धर्ममा यज्ञ, हवन र विवाहमा पनि अग्निद्वारा देवताको पूजा गरिन्छ । अग्नि वैदिक कालदेखि नै सर्वोच्च देवताहरूमध्ये एक हो । पौराणिक युगमा अग्नि पुराण नामक ग्रन्थको पनि रचना भएको थियो ।

हवनमा आगो बाल्ने विश्वास पनि छ, हवन गर्दा कुनै देवता वा देवीको नाममा मिठाई चढाएमा भगवान् वा देवीले त्यसलाई ग्रहण गर्नुहुन्छ र आगोद्वारा र त्यो व्यक्तिलाई आफ्नो आशीर्वाद पनि दिनुहुन्छ भन्ने मान्यता रहेको छ ।

धेरै जस्तो उत्सवहरूमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने नेपाली समाजमा चलन रहेको पाइन्छ । साथै इन्डियनहरूले पनि विबाह र पूजा हवनमा आगो बाल्ने गरेको हामी धेरैले देख्दै आएको नै छौँ । आगोले उत्सव वरपर रहेका नकारात्मक ऊर्जाहरूलाई नष्ट गर्ने र सकारात्मक ऊर्जाहरू थप्ने कार्य गर्दछ ।

यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरू काठ, घ्यु, तेल, अन्न, जडीबुटीहरू प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको कीटाणुहरूलाई नष्ट गर्दै बायु प्रदूषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरूमा सहभागी हुने मानिसहरू, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ५९ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८