नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी | Khabarhub Khabarhub

नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- २०७७ जेठमा जारी भएको चुच्चे नक्सालाई १०० रुपैयाँ दरको नोटमा राख्ने नेपालको निर्णयप्रति आपत्ति जनाएको भारतले अब पाकिस्तान प्रशासित कश्मिरलाई पनि आफ्नो अहम हिस्सा भनेको छ ।

नेपाल राष्ट्र बैंकले भारतले ओगटिरहेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी चुच्चे नक्सा नोटमा राख्ने कदमले धरातलीय वास्तविकता नफेरिने प्रतिक्रिया भारतीय विदेश मन्त्री एस जयशंकरले केही दिनअघि दिएका थिए ।

यता नेपालमा पनि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले सयको नोटमा चु्च्चे नक्सा राखेर भारतलाई चिढ्याउन ठिक नहुने बताएपछि विवादको भूमरीमा परेका छन् ।

सीमालाई लिएर नेपालसँग विवाद चलिरहेका बेला भारतका विदेश मन्त्री एस जयशंकर बिहीबार पाकिस्तान प्रशासित कश्मिरलाई भारतको अहम हिस्सा भनेका छन् ।

राजधानी नयाँदिल्लीको गार्गी कलेजमा एक प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

एस जयशंकरले भने ‘मानिसहरू सोच्दथे अनुच्छेद ३७० हटाउन सकिँदैन । तर जब हामीले यसलाई हटाइदियौँ, सारा धरातलीय स्थितिमा फेरिएको छ।’

उनले पाकिस्तान अधिनस्थ कश्मिर भारतकै रहेको कुरामा सबै दल एकमत रहेको पनि जिकिर गरे ।

‘पाकिस्तान अधिनस्थ कश्मिर (पीओके) बारे हामीले एक संसदीय प्रस्ताव गरेका छौँ, जसमा भारतका सबै पार्टी यसमा प्रतिबद्ध छन् । पाकिस्तान अधिनस्थ कश्मिर भारतको हो, यो हामीलाई फिर्ता हुनु पर्छ’, उनले अगाडि भनेका छन् ।

उनले पीओके भारत फिर्ता गराउने कुरालाई राष्ट्रका लागि आफूहरूको प्रतिबद्धताको संज्ञा दिए ।

एस जयशंकरले धारा ३७० हटाएसँगै अब कश्मिर र सारा भारतका मानिसहरूले पाकिस्तान अधिनश्थ कश्मिर पनि फिर्ता लिनुपर्ने सोच्न थालेको बताए ।

‘हामीले ३७० बारे सही निर्णय लिएका थियौँ । पीओके अब भारतीयको दिमाग आउन थालेको छ । कुनै पनि कुरा प्राप्तिका लागि सबैभन्दा पहिले मानिसको दिमागमा त्यो कुरा आउनु जरुरी हुन्छ ’, उनले अन्तिममा भने ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : २२ बजे

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको