नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी « Khabarhub

नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- २०७७ जेठमा जारी भएको चुच्चे नक्सालाई १०० रुपैयाँ दरको नोटमा राख्ने नेपालको निर्णयप्रति आपत्ति जनाएको भारतले अब पाकिस्तान प्रशासित कश्मिरलाई पनि आफ्नो अहम हिस्सा भनेको छ ।

नेपाल राष्ट्र बैंकले भारतले ओगटिरहेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी चुच्चे नक्सा नोटमा राख्ने कदमले धरातलीय वास्तविकता नफेरिने प्रतिक्रिया भारतीय विदेश मन्त्री एस जयशंकरले केही दिनअघि दिएका थिए ।

यता नेपालमा पनि राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले सयको नोटमा चु्च्चे नक्सा राखेर भारतलाई चिढ्याउन ठिक नहुने बताएपछि विवादको भूमरीमा परेका छन् ।

सीमालाई लिएर नेपालसँग विवाद चलिरहेका बेला भारतका विदेश मन्त्री एस जयशंकर बिहीबार पाकिस्तान प्रशासित कश्मिरलाई भारतको अहम हिस्सा भनेका छन् ।

राजधानी नयाँदिल्लीको गार्गी कलेजमा एक प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

एस जयशंकरले भने ‘मानिसहरू सोच्दथे अनुच्छेद ३७० हटाउन सकिँदैन । तर जब हामीले यसलाई हटाइदियौँ, सारा धरातलीय स्थितिमा फेरिएको छ।’

उनले पाकिस्तान अधिनस्थ कश्मिर भारतकै रहेको कुरामा सबै दल एकमत रहेको पनि जिकिर गरे ।

‘पाकिस्तान अधिनस्थ कश्मिर (पीओके) बारे हामीले एक संसदीय प्रस्ताव गरेका छौँ, जसमा भारतका सबै पार्टी यसमा प्रतिबद्ध छन् । पाकिस्तान अधिनस्थ कश्मिर भारतको हो, यो हामीलाई फिर्ता हुनु पर्छ’, उनले अगाडि भनेका छन् ।

उनले पीओके भारत फिर्ता गराउने कुरालाई राष्ट्रका लागि आफूहरूको प्रतिबद्धताको संज्ञा दिए ।

एस जयशंकरले धारा ३७० हटाएसँगै अब कश्मिर र सारा भारतका मानिसहरूले पाकिस्तान अधिनश्थ कश्मिर पनि फिर्ता लिनुपर्ने सोच्न थालेको बताए ।

‘हामीले ३७० बारे सही निर्णय लिएका थियौँ । पीओके अब भारतीयको दिमाग आउन थालेको छ । कुनै पनि कुरा प्राप्तिका लागि सबैभन्दा पहिले मानिसको दिमागमा त्यो कुरा आउनु जरुरी हुन्छ ’, उनले अन्तिममा भने ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : २२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६